सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलामा तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।