एकै दिन ४ हजार नौ सयले बढ्यो सुनको मूल्य

-


     मर्दी न्युज    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन तोलामा चार हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तीन हजार १७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।