साढे २ लाख नाघ्यो सुनको मूल्य

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्यले साढे २ लाख नाघेको छ । आज एकै दिन सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर दुई लाख ५० हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।