दोहोरो अंकले बढ्यो सेयर बजार

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०८२ मा प्रकाशित


साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ ।

यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो ।

दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिष्टिलरी,स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा  रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ ।