सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर २ लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एकैदिन तोलामा ११० रुपैयाँले बढेर ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कायम भएको थियो ।