सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

-


     मर्दी न्युज    
     मंसिर २६ गते २०८२ मा प्रकाशित


बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुनको मूल्य दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा एक सय रुपैयाँले बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी  ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।