
सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने ३ हजार ८ सय २५ रुपैयाँमा कायम भएको थियो ।

