सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

-


     मर्दी न्युज    
     पुस ७ गते २०८२ मा प्रकाशित


सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ ।

तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । १ सय ३० रुपैयाँले बढेर आज प्रतितोलामा ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।