तीन दिनपछि सामान्य बढ्यो सेयर बजार

-


     मर्दी न्युज    
     पुस ८ गते २०८२ मा प्रकाशित


साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। 

यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ : २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको कारोबार भएको छ ।