एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा

-


     मर्दी न्युज    
     पुस २१ गते २०८२ मा प्रकाशित


पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।  सोमबार जेनजी आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई  तोकेको स्थान हद फुकुवा गरेको हो।

यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो। जेनजी घटनाका बारेमा सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहिन भएको आयोगले जनाएको छ।

गत भदौ २३ र २४ गते घटनासम्बन्धी गठित जाँचबुझ आयोगले असोज १२ गते अनुसन्धानको दायरामा रहेका कारण ओलीलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।