सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     पुस २७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

तोलामा २८ सयले बढेर आज दुई लाख ७० हजार ६ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रवार सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार बढेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रवार चाँदी तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको थियो ।