सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो

-


     मर्दी न्युज    
     माघ ९ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।