सुनचाँदीको मूल्यमा सामान्य गिरावट

-


     मर्दी न्युज    
     माघ २२ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । आज सुन तोलामा नौ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय  रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।