
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २४० रुपैयाँले बढेर तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

