जेन-जी आन्दोलनमा घटेका घटनाको छानविन गर्न गठित आयोगको म्याद फेरि २५ दिन थप

-


     मर्दी न्युज    
     माघ २६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएको हो ।

असोज ५ गते गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो तर काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ महिना र पछिल्लो पटक २० दिन समय थपिएको थियो ।