निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

-


     मर्दी न्युज    
     फागुन १२ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।