दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

-


     मर्दी न्युज    
     फागुन १२ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।

निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो। उनीमाथि निर्वाचन आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।

आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई काँग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।