सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

-


     मर्दी न्युज    
     फागुन २७ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ  । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।