बढ्यो पेट्रोलियम पदार्थको मूल्य

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०८२ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य पुनः समायोजन गर्दै वृद्धि गरेको छ। नयाँ दर बुधबार राति १२ बजेदेखि लागू हुने गरी निर्धारण गरिएको निगमले जनाएको छ।

समायोजनअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको छ। नयाँ दर लागू भएसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ।

यसैगरी डिजेल र मट्टितेलको हकमा पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ।