सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो (बिहीबार) चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।