
काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।
सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी थापाले जानकारी दिए।

