सभामुख अर्यालले गरे पदबहाली

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद बहाली गरेका छन् । 

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।