अब शुक्रबार सेयर बजार खुल्ने, शनिबार र आइतबार बन्द

-


     मर्दी न्युज    
     चैत्र २३ गते २०८२ मा प्रकाशित


अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । यो निर्णय यही सातादेखि लागू हुनेछ ।

अब आइतबार भने सेयर बजार बन्द रहनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।