
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।
उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले बताएको छ ।
आयोगका कर्मचारीहरू मुद्दासम्बन्धी कागजातसहित विशेष अदालतमा पुगेका छन्। हाल दर्ता पूर्वको कागजी प्रक्रिया तथा विवरण प्रमाणीकरणको काम भइरहेको स्रोतले जनाएको छ।

