सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

-


     मर्दी न्युज    
     वैशाख ३ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

बुधबार सुन तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।