र्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

-


     मर्दी न्युज    
     वैशाख ३ गते २०८३ मा प्रकाशित


काठमाडौँ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

उनकी पत्नी विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले थुनाबाट रिहा गर्नुपर्ने आदेश जारी गरेको हो।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त मुद्दामा सुनुवाइपछि थुनामुक्त गर्ने निर्णय गरेको जनाइएको छ।

खड्काको थुनालाई अदालतले कानुनसम्मत नभएको ठहर गर्दै उनलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने आदेश  समेत गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार अब खड्का थुनामुक्त भए पनि विदेश जानका लागि भने उनले अदालतको अनुमति लिनुपर्ने छ।