सुनचाँदीको मूल्य आज पनि घट्यो

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।