
काठमाडौँ। काठमाडौँको बल्खुस्थित सांगे छोइलिंग गुम्बा पनि भत्काइएको छ ।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको सांगे छोइलिंग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।
बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ ।

