थापाथलीमा बस्ती हटाउने क्रममा एक महिला बेहोस, उपचारका लागि अस्पताल भर्ना

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०८३ मा प्रकाशित


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्।

शुक्रबार सरकारी टोलीले बस्ती हटाउने कार्य जारी राख्दा सो गतिविधि प्रत्यक्ष देखेपछि रेखा कुँवर बेहोस भएको प्रहरीले जनाएको छ। घटनापछि तत्काल प्रहरी टोलीले उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

बेहोस भएकी कुँवरलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बस्ती हटाउने क्रममा उत्पन्न परिस्थितिबाट प्रभावित व्यक्तिहरूको अवस्थाबारे थप निगरानी र सहजीकरण भइरहेको पनि प्रहरीले जनाएको छ।