कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

-


     मर्दी न्युज    
     जेठ २१ गते २०८३ मा प्रकाशित


मुस्ताङ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशंकामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको डिआइजी विष्णु प्रसाद भट्टले बताए। गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबै गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ ।