तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

-


     मर्दी न्युज    
     जेठ २४ गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला आज ३ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थियो । 

यसैगरी, चाँदी मूल्य पनि घटेको छ । आज तोलामा ३ सय ३५ रुपैयाँले घटेर प्रतितोलामा चार हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार भने चाँदी पाँच हजार २ सय ३० रुपैयाँमा कायम भएको थियो ।