
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले सबै प्रतिवादीहरुलाई कसुरदार ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरु पूर्व उपप्नधानमन्त्री टोप बहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत मुद्दा चलाइएका सबै आरोपीहरुलाई कसुरदार ठहर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई भने सफाइ दिएको छ । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।
सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतिक रामबहादुर थापा बादलका छोरा हुन् ।
इजालासले कसुरदारको सजाय निर्धारणका लागि इजालास समक्ष पेश गर्न आदेश गरेको छ ।
यस्तो छ पूर्ण पाठ

