
काठमाडौँ । काठमाडौँको बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ ।
उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।
प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।

