भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

-


     मर्दी न्युज    
     श्रावण १० गते २०८३ मा प्रकाशित


लमजुङमा आदिकवि भानुभक्त आचार्यको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिका–४ रिस्ती खोलापुल नजिक रहेको भानु–घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य तथा वीरगञ्जवासी खड्कबहादुर थापाको सालिकमा गत साउन ७ गते राति तोडफोड गरी क्षति पुर्‍याइएको थियो।

घटनाको अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भई हाल लमजुङमा बसोबास गर्दै आएका २४ वर्षीय रोशन कुँवरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले कुँवरविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको कारण र उद्देश्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।