निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित


बीबीसी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बिहीबार मध्यान्हतिर काराकोरम पर्वत शृङ्खलाको ८,०४७ मिटर (२६,४०० फिट) अग्लो चुचुरोमा हिमपहिरो गएको बताएका छन्। टोलीसँग त्यसपछि कुनै सम्पर्क भएको छैन।

एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली आरोही समूहमा रहेको बताइएको छ।

टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।