
गण्डकी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् । रघुगंगा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरु गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको उनको भनाइ छ ।

