गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित


 गोरखा नगरपालिका-११ बाह्रकिलोमा रहेको पेट्रोल पम्पमा क्षति पुर्‍याएको छ।

बिहीबार बिहान गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागबाट करिब ५० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङ गरी राखिएका ५ वटा मोटरसाइकलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर पहिरोले पुरिएका मोटरसाइकल निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको बताइएको छ ।