सेयर बजारमा १३ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित


सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको हो।

बिहीबार कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही सुधारिएको छ। बिहीबार कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

समूहगत परिसूचकतर्फ व्यापार समूहबाहेक अन्य सबै समूह ओरालो लागेका छन्। बजारमा बिक्री चाप बढ्दा अधिकांश उपसमूहका सूचक नकारात्मक देखिएका हुन्।