नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशमा नयाँ नेतृत्व, अध्यक्षमा मनशान्त घिमिरे

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित


पोखरा । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज शुक्रवार भएको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले मनशान्त घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, सचिवमा प्रेमबहादुर कुँवर, कोषाध्यक्षमा विष्णुकुमारी मल्ल निर्विरोध चयन गरेको हो । यस्तै सदस्यहरुमा विष्णुप्रसाद तिमिल्सेना, रोमन पौडेल, सन्दिप गुरुङ, राजु सुवेदी, राजु परियार, गौतम नेपाली र लबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल पर्वतारोहण संघ केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । निवर्तमान अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मनशान्त घिमिरेले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संघले कान्तिपुरकर्मी भुपाल गुरुङलाई नगद दश हजार र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष शेर्पाले सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेका थिए ।