
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वीराज मार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ ।
शनिवार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको मुग्लिन-काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो । पहिरो हटाएपछि आज बिहान ०६:४५ बजेदेखि सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो ।
सडक सञ्चालनमा आएपछि उक्त सडक खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् ।

