सुन-चाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । 

सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो ।