विजयपुर खोलामा बगेका दुई बालक अझै भेटिएनन्

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई जना बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ ।

सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन् । पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वारिबाट फुटबल खेल्न पारि जाँदा विजयपुर खोलाले बगाएर बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा १४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई छन् ।

त्यस्तै, स्याङ्जा घर भइ पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ पनि शनिवारदेखि बेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।