पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

-


     मर्दी न्युज    
     भाद्र १ गते २०८३ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारेखमा राखेर अनुसन्धान गर्न सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ।