लेदोसहितको पहिरो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०८३ मा प्रकाशित


म्याग्दी । लेदोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड म्याग्दीका दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान करिब ५:२५ बजे अन्नपूर्ण गाउँपालिका–३ स्थित सुकेबगरमा सडकमाथिबाट लेदो र माटोसहितको पहिरो खसे पछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण उक्त स्थानमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

त्यसैगरी, बिहान करिब ५:३० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैँसरीमा पनि सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

दुवै स्थानमा खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।