२४ घण्टामा ११११ जना कोरोना संक्रमण, ५६९ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमित हुनेहरुमा ३३४ जना महिला र ७७७ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ४७ सय ८८१ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहीवारसम्म क्वारेन्टाइनमा ९ हजार ४ सय ८८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २० हजार ७३ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: