
पोखरा, ११ भदौ । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत कोभिड–१९ उपचार केन्द्र (पश्चिमाञ्चल अस्पताल) मा उपचारार्थ पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको आज शुक्रवार १२ः१५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।
मृतक पुरुषको श्वास प्रश्वासमा समस्या भई आजै यस उपचार केन्द्रको आईसीयूमा भर्ना भएको थियो । उच्च रक्तचाप र मधुमेहका समस्या रहेको उनी कोरोना संक्रमण भई यस प्रतिष्ठानमा मृत्यु हुने छैठौं व्यक्ति हुन् ।
यो संख्या संगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्य १० पुगेको छ ।


