कास्कीमा निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भोलिदेखि जोरबिजोर प्रणाली लागू

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ भदौ । पोखरामा भदौ दुई गते राती १२ बजेबाट सुरु भएको १० दिनदेखिको जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भोलिदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यद्यपि सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) भने सञ्चालन गर्न पाउने छैनन ।

कास्की प्रशासनले जिल्लाभर भोलि १२ बजेरातिदेखि भदौ २० गते रातिसम्म लागू हुने भन्दै अत्यावश्यक कामका लागि मात्र बाहिर निकस्न अनुरोध गरेको छ ।