गण्डकी प्रदेशमा पोखराका एक महिलासहित लमजुङका ६ गरी ७ जना नयाँ संक्रमित

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ भदौ । पोखरा महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार दिउँसो १ः४५ विज्ञप्ति जारी गरेर पोखराका १ र लमजुङका ६ जना गरी गण्डकी प्रदेशमा ७ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

संक्रमितहरुमा लमजुङ जिल्लाका सबैजना नेपाल प्रहरीमा कार्यरत हुन् भने कास्की जिल्लाको पोखरा महानगरपालिका–१० का महिला मेघा बैंक बगर शाखा पोखरामा कार्यरत कर्मचारी भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९४ पुगेको छ ।



Tags: