स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

स्याङ्जा, ८ असोज । अविरल वर्षासँगै आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छभने आठ जना बेपत्ता भएका छन् ।

जिल्लाको बालिङ नगरपालिका–१४ तमाधीमा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् । सोही पहिरोमा पुरीएका एक जनाको शव निकालिएको छ । उनको पहिचान हुन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । घर माथिबाट झरेको पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यसैगरी स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बेपत्ताहरुको खोजीका लागि सदरमुकामबाट प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



Tags: