
पोखरा, २२ असोज । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या साढे करोड नाघेको छ । ३ करोड ६० लाख ६८ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ करोड ५१ लाख २७ हजार २ सय ७१ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा भारत पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । भारतमा हालसम्म ५७ लाख ४४ हजार ६९३ जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने ब्राजिलमा ४४ लाख ४६ हजार ९८१ जना रहेका छन् । त्यस्तै कोरोना निको हुने राष्ट्रको तेस्रो स्थानमा रहेको अमेरिकामा २९ लाख ९९ हजार ८९५ जना रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
यस्तै रुसमा ९ लाख ९१ हजार २७७, कोलम्बियामा ७ लाख ७३ हजार ९७३, पेरुमा ७ लाख १२ हजार ८८८ जना उपचारपछि निको भएको तथ्याङ्क छ ।
हालसम्म विश्वमा कुल १० लाख ५४ हजार ५ सय ३७ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

